PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

टुकुचा खोतलेकोमा बाबुरामले गरे बालेनको प्रशंसा, फुटपाथबारे भने दिए यस्तो सुझाव



पहिलोपोस्ट

टुकुचा खोतलेकोमा बाबुरामले गरे बालेनको प्रशंसा, फुटपाथबारे भने दिए यस्तो सुझाव

काठमाडौं : बिहीवार महानगरले जय नेपाल हलबाट टुकुचा खोज्ने अभियान शुरु गर्‍यो। महानगरले बिहीवार डोजर लगाएर हलको परिसरमा खोतलेको थियो। र टुकुचा खोला भेटियो पनि।

काठमाडौं महानगरका प्रमुख वालेन्द्र साह (बालेन) को यो अभियानलाई पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले खुलेर प्रशंसा गरेका छन्। शुक्रवार बिहान सामाजिक सञ्जाल ट्वीटरमा यसबारे बाबुरामले ट्वीट गरेका छन्।

'काठमाडौं मनपालाई व्यवस्थित गर्ने, मृतप्रायः बनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर बालेन साहको पहल प्रशंसनीय छन्,' उनले भनेका छन्। फुटपाथबारे भने बाबुरामले बालेनलाई सुझाव दिएका छन्। उनले संसरभर स्वरोजगार श्रमिकहरु सार्वजनिक स्थानमा व्यवसाय गर्न बाध्य हुने उल्लेख गर्दै यसलाई व्यवस्थित गर्नै पर्ने जनाएका छन्।

'फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ। तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउॅमा व्यवसाय गर्न बाध्य हुन्छन्! अतःनिश्चित ठाउॅ /समय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ,' बाबुरामले भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell