PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

सेनामा जागिरको अवसर : २२९ जना अधिकृत क्याडेटको माग



पहिलोपोस्ट

सेनामा जागिरको अवसर : २२९ जना अधिकृत क्याडेटको माग

काठमाडौं : नेपाली सेनाले २२९ जना अधिकृत माग गरेको छ। गोरखापत्रमा एक सूचना प्रकाशन गर्दै सेनाले सेनानी पदमा अधिकृत माग गरेको हो।

मागअनुसार खुल्लामा ११७, महिलामा २२, आदिवासी जनजातिमा ३०, मधेसीमा २८, दलितमा १४, पिछडिएको क्षेत्रमा ७ र नेपाली सेनाका परिवारका लागि ११ जना कोटा छुट्याइएको छ।

अधिकृतका लागि प्रमाणपत्र तह उर्तीणका लागि १८ वर्ष पुरा भई २१ वर्ष ननाघेको र स्नातक तह उर्तिण गरेकाले १८ वर्ष पुरा भई २४ वर्ष ननाघेको र कार्यरत सैनिक जवानको हकमा २६ वर्ष ननाघेको हुनु पर्ने उल्लेख गरेको छ।

स्वयम्भू, इटहरी, बर्दिबास, हेटौंडा, पोखरा, रुपन्देही, सुर्खेत र कैलालीमा दरखास्त फारम उपलब्ध गराउने सेनाले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell