PahiloPost

Jan 25, 2026 | १२ माघ २०८२

डेङ्गीका बिरामीलाई काठमाडौं महानगरको नि:शुल्क एम्बुलेन्स



पहिलोपोस्ट

डेङ्गीका बिरामीलाई काठमाडौं महानगरको नि:शुल्क एम्बुलेन्स
फाइल फोटो

काठमाडौं : काठमाडौं महानगरले डेङ्गीका बिरामीलाई निशुल्क एम्बुलेन्स सेवा दिने भएको छ। महानगरका मेयर वालेन्द्र साह बालेनले आफ्नो फेसबुक एकाउन्टबाटबाट यसबारे जानकारी दिएका हुन्।

यसका लागि १०२ मा कल गर्न मेयर बालेनले आग्रह गरेका छन्। 'संक्रमित भए वा भएको शंका लागेमा तपाईले ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरुबाट नै परामर्श पाउन सक्नु हुनेछ। त्यस्तै आवश्यक भएमा १०३ मा कल गरेर महानगरको निशुल्क एम्बुलेन्स सेवा लिन सक्नु हुनेछ,' मेयर बालेनले भनेका छन्।

डेङ्गी जसरी समूदायमा फैलाएको छ, त्यसको रोकथाम र नियन्त्रणका लागि अत्याधिक सचेतना र क्रियाशीलताको आवश्यकता भएको आफूले बुझेको उल्लेख गर्दै उनले डेङ्गी विरुद्धमा टोलटोल वा सामूदायिकरुपमा नै सक्रिय भएर लाग्न अपिल गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell