
काठमाडौं : जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले फरार रहेका एक पुरुषलाई नियन्त्रणमा लिएको छ।
जबरजस्ती करणी मुद्दामा अदालतले १३ वर्ष कैद सजाय सुनाएका युवकलाई नियन्त्रणमा लिएको हो। मोरङको केराबारी गाउँपालिका वडा नम्बर ५ बस्ने ३१ वर्षीय अशोक कुमार बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालत मोरङको अनुमतिमा कारागार चलान गरेको छ।