PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

भारी वर्षाको असर, पर्खाल भत्कँदा लखनउमा ९ जनाको मृत्यु



पहिलोपोस्ट

भारी वर्षाको असर, पर्खाल भत्कँदा लखनउमा ९ जनाको मृत्यु

भारतको लखनउमा भारी वर्षाका कारण निर्माणाधीन एक घरको पर्खाल भत्कँदा तीन बालबालिकासहित ९ जनाको मृत्यु भएको छ। शुक्रवार बिहानको उक्त घटनामा परी दुई जना गम्भीर घाइते भएका छन्। घाइते दुबैलाई अस्पताल लगिएको बताइएको छ।

सबै मृतक र घाइते झाँसी जिल्लाको पचवाराका रहेको त्यहाँको प्रहरीले डिस्ट्रक्ट म्याजिस्ट्रेट सूर्यपाल गंगवारले बताए। उनका अनुसार घटनामा परेकाहरु निर्माणाधीन बाउन्ड्रीवाल नजिकै सुतेका थिए। उक्त क्षेत्रमा बिहीवार बेलुकादेखि वर्षा जारी रहेको बताइएको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell