PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

दीपक-दीपाको 'छक्कापञ्जा ४' फागुन १९ गतेबाट प्रदर्शनमा आउने



पहिलोपोस्ट

दीपक-दीपाको 'छक्कापञ्जा ४' फागुन १९ गतेबाट प्रदर्शनमा आउने

काठमाडौं : फिल्म ‘छक्कापञ्जा ४’ को प्रदर्शन मिति तय भएको छ। हेमराज बिसी निर्देशित यो फिल्म आगामी फागुन १९ गते रिलिज हुनेछ।

कलाकार दीपकराज गिरीले फेसबुकमार्फत फिल्मको रिलिज डेटबारे जानकारी दिएका हुन। यसअघि कात्तिक ४ गते फिल्म आउने चर्चा भएको थियो।

फिल्ममा दीपकका साथै दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, केदार घिमिरे (माग्रे बुढा),निर शाह, निर्मल शर्मा, राज आचार्यलगायतका कलाकारहरूको अभिनय छ।

आमा सरस्वती मुभिजको ब्यानरमा बनेको फिल्मको प्रस्तुतकर्ता दीपक-दीपा हुन्। फिल्मका कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा हुन्।

फागुन १९ गते नेपाली फिल्मबिच ठूलो भिडन्त हुनेछ। सोही दिन मिलन चाम्सको ‘वर एण्ड वधु’, सुरज पाण्डेको ‘परस्त्री’ र सुरक्षा पन्तको ‘बुलाकी’ ले पनि प्रदर्शन मिति तोकिसकेका छन।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell