PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

कांग्रेस नेता विजयराज घिमिरेको अन्त्येष्टि आज



पहिलोपोस्ट

कांग्रेस नेता विजयराज घिमिरेको अन्त्येष्टि आज

बुटवल : नेपाली कांग्रेस पाल्पाका नेता विजयराज घिमिरेको निधन भएको छ। कांग्रेस केन्द्रीय लेखा समितिका पूर्वसदस्य र पूर्वमहासमिति सदस्यसमेत रहेका ५४ वर्षीय घिमिरेको बिहीवार बेलुकी उपचारका क्रममा काठमाडौंस्थित मेडिसिटि अस्पतालमा निधन भएको हो।

घिमिरे २०५६ र २०७४ को आमचुनावमा पाल्पा क्षेत्र नम्बर १ मा कांग्रेसबाट उम्मेदवार थिए। युवा अवस्थाबाटै कांग्रेसको राजनीतिमा सक्रिय घिमिरे चार्टड एकाउन्टेन्टसमेत हुन्। घिमिरेले कांग्रेसको संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका खेलेकोसमेत कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
वि.सं २०२५ सालमा पाल्पाको रामपुर नगरपालिका ७ मा जन्मिएका घिमिरे पछिल्लो समयमा काठमाडौं बस्दै आएका थिए। उनी लामो समयदेखि क्यान्सरबाट पीडित थिए। घिमिरे ०३६ सालबाट राजनीतिमा सक्रिय थिए। २०४४ सालमा कांग्रेस पाल्पाको जिल्ला सदस्य थिए भने २०४६ सालमा नेविसंघको जिल्ला सचिवको जिम्मेवारी लिएका थिए। उनको निधनबाट पार्टीले एक होनाहार युवा नेतृत्वलाई गुमाएको नेपाली कांग्रेसले जनाएको छ।

यसैबीच नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गरेका छन्। उनको आज दिउँसो १ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell