काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई पूरक प्रश्न सोध्ने कार्यक्रम साँझसम्मलाई स्थगित भएको छ। आज बिहानको लागि पुनः जबरालाई बोलाएर पूरक प्रश्न सोध्ने कार्यक्रम भए पनि स्थगित भएको हो। साँझ सम्मलाई स्थगित भएको समितिका एक सदस्यले बताए।
अहिले जबरालाई सिंहदरबारमा बोलाएर समितिले यसअघि दिएको बयान प्रमाणित गराइरहेको छ। महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई यस अघि नै ४३ वटा मूल प्रश्न सोधेको थियो। ६ दिनसम्म सिंहदरबार पुगेर जबराले प्रश्नको जवाफ दिएका थिए। त्यसपछि समितिले बिहीबार बयानको क्रममा चोलेन्द्रले आरोप लगाएका व्यक्तिहरूलाई बोलाएर छलफल गरेको थियो।
समितिको छलफलको क्रममा पुनः जबरालाई पूरक प्रश्न सोध्नु परेकाले बोलाउने तयारीमा पुगेको थियो।
११ जना महाअभियोग छलफल समिति गठन भएको थियो। समितिमा एकबाल मियाँ, कल्याणी कुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद शाह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णु पौडेल र शिवमाया तुम्बाहाम्फे रहेका छन्।
गत फागुन १ गते जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिनिधिसभामा महाअभियोग दर्ता भएको थियो।