PahiloPost

Jun 4, 2025 | २२ जेठ २०८२

काठमाडौंको कात्यानीचोक नजिकैको घरमा जुवा खेलिरहेका १० जना समातिए, दुई लाख रुपैयाँ र १७ बुक तास बरामद



पहिलोपोस्ट

काठमाडौंको कात्यानीचोक नजिकैको घरमा जुवा खेलिरहेका १० जना समातिए, दुई लाख रुपैयाँ र १७ बुक तास बरामद

काठमाडौंः प्रहरीले जुवा तास खेलिरहेको अवस्थामा काठमाडौंबाट १० जनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-३१ कात्यानीचोक डेरा गरी बस्ने दोलखा बैतेश्वर गाउँपालिका-५ घर भएकी इन्दिरा तामाङको कोठामा जुवा तास खेलिरहेको अवस्थामा तामाङ समेत १० जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।

तामाङको कोठामा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई २ लाख ३४ हजार ९ सय ९० रुपैयाँ र १८ बुक तास सहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell