PahiloPost

Jun 4, 2025 | २२ जेठ २०८२

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो



पहिलोपोस्ट

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो

काठमाडौंः साताको अन्तिम दिन सुन तोलामा एक हजार रुपैयाँले घटेको छ।

शुक्रबारका लागि बजार मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार तोलामा ३ सय रुपैयाँले घट्दा कारोबार मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ थियो।

चाँदीको मूल्य शुक्रबार तोलामा १० रुपैयाँले घटेको छ। प्रतितोला ११ सय ७० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी तोलामा ५ रुपैयाँ बढेर प्रतितोला ११ सय ८० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस १६६४.१८ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस १९.१८ डलर छ। बिहीबार सुन प्रतिऔंस १६८८.१२ डलर र चाँदी १९.४६ डलरमा कारोबार भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell