PahiloPost

May 15, 2024 | २ जेठ २०८१

रणवीर र आलियाको फिल्म ‘ब्रह्मास्त्र' ले एक सातामा कति कमायो ?



पहिलोपोस्ट

रणवीर र आलियाको फिल्म ‘ब्रह्मास्त्र' ले  एक सातामा कति कमायो ?

बलिउड फिल्म ‘ब्रह्मास्त्र (भाग एक)’ ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ। रणवीर कपुर र आलिया भट्ट अभिनित यस फिल्मले भारतमा एक सातामा १७०-१७२ करोड भारतीय रुपैयाँ ग्रस कलेक्सन गरेको छ।

४०० करोड रुपैयाँमा बनेको यस फिल्मले पहिलो सातामा २०० करोड कलेक्सन गर्ने आशा गरिएको थियो। तर फिल्म केही दिनमा २ सय करोडमा प्रवेश गर्नेछ। त्यसैगरि, फिल्मले विश्वभरिबाट भने २७८ करोड कलेक्सन गरेको बलिउड हंगामाले उल्लेख गरेको छ। तर, विश्वभरिको ग्रस कलेक्सन भने ३०० करोड रहेको छ।

अयान मुखर्जी निर्देशित यो फिल्म गत शुक्रवार विश्वभर रिलिज भएको थियो। फिल्मले पहिलो दिन ३६-३७ करोड भारतीय रुपैयाँको व्यापार गरेको थियो। त्यसैगरि, दोस्रो दिन ४२ करोड, तेस्रो दिन ४६ करोड र चौथो दिन १६ करोड बक्सअफिसमा कलेक्सन गरेको थियो। पाँचौ दिन १३ करोड, छैटौ दिन १०.५ करोड कमाउँदा सातौँ दिन भने ९-१० करोड कमाएको थियो।

यस फिल्ममा रणवीर र अलियाका साथै अमिताभ बच्चन, नागार्जुन अक्किनेनी, मौनी रोय लगायतका कलाकारहरूको अभिनय छ। यो एक अलौकिक शक्तिसँग सम्बन्धित फिल्म हो। यो फिल्म हिन्दी,तमिल, तेलुगु, मलयालम र कन्नडसहित पाँच भाषामा एकसाथ रिलिज भएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell