PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

सात मिटरब्याजी विरुद्द मुद्दा दायर



पहिलोपोस्ट

सात मिटरब्याजी विरुद्द मुद्दा दायर

चितवनः जिल्ला प्रशासन कार्यालय चितवनले सात मिटरब्याजीविरुद्ध मुद्दा दर्ता गरेको छ। आन्तरिक छलफलका क्रममा सहमति नजुटेपछि जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ताका लागि फाइल पठाइएको छ।

दुईपक्षीय सहमति हुन नसकेपछि ती मुद्दालाई प्रहरी कार्यालय पठाइएको प्रशासन कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेले जानकारी दिए। उनका अनुसार परेका निवेदनमध्ये अहिले अन्य पाँचवटा मद्दा छलफलमा छन्। ती उजुरीमा पक्ष र विपक्षीको बयान लिने काम जारी छ भने अन्य उजुरीको विषयमा सम्बन्धित व्यक्तिलाई बोलाउने क्रममा रहेको उनले बताए।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले जिल्ला प्रशासनबाट आएका फाइलको कानुनी प्रक्रिया सुरु गरिएको बताए। उनले भने, “अनुसन्धान सुरु गरिएको छ। कुन कानुन आकर्षण हुन्छ। सरकारी वकिलसँगको परामर्शमा छौँ।”

जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजीका विरुद्धमा २२ वटा उजुरी परेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell