PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

संसद अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषदको सिफारिस



पहिलोपोस्ट

संसद अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषदको सिफारिस

काठमाडौं : सरकारले प्रतिनिधि सभाको ११ औँ अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको छ।

शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन भोलिदेखि अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

'भोलिदेखि अन्त्य गर्ने निर्णय भएको छ,' ती मन्त्रीले भने। संसद्को कार्यकाल कहिलेसम्म रहने भन्नेबारेमा विवाद रहेकै बेला सरकारले अन्त्य गर्ने सिफारिस भएको हो। निर्वाचन आयोगले असोज २ र ३ गते समानुपातिक निर्वाचनका लागि बन्द सूचि बुझाउने समय तोकेको छ। यसअघि नै अधिवेशन अन्त्य हुने भएको हो।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा भाग लिएर बोल्ने सांसदहरूले पनि आजको बैठक नै अन्तिम भएकाले ५ वर्षे कार्यकालबारे धारणा राखेका थिए। सरकारले संसद्को कार्यकाल लम्ब्याउन खोजेको भन्दै आलोचना भएको थियो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि आफ्ना सांसदहरूलाई आज नै संसद् बैठकको अन्तिम दिन भएकाले चुनावमा केन्द्रित हुन निर्देशन दिएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभालाई दुई पटक विघटन गरेका थिए।

दुवै पटक सर्वोच्च अदालतले संसदलाई पुनर्स्थापना गरेको थियो। निलम्बित न्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोगबारे सिफारिस समितिमा छलफल भइरहेकै बेला अधिवेशन अन्त्येको सिफारिस हुने भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell