काठमाडौं : साफ महिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनल खेल अहिले चलिरहेको छ। दशरथ रंगशालामा भइरहेको दोस्रो सेमिफाइनल खेलमा नेपाल र भारत भिडिरहेका छन्।
खेलको पहिलो हाफसम्म नेपालले १-० को अग्रता कायम गरेको छ। खेलको पहिलो हापको इन्जुरी टाइममा रश्मी घिसिङले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन्। प्रिति तामाङको पासमा डिबक्स भित्रबाट घिसिङले उत्कृष्ट गोल गर्दै नेपाललाई अग्रता दिलाइन्।
साफ महिला च्याम्पिन्सिपमा हालसम्मका सबै संस्करण भारतले जितेको छ। यसपटक समूहचरणमा भारत बंगलादेशसँग पराजित भएको थियो। भने नेपाल समूह चरणका सबै खेल जित्दै समूहको शीर्ष स्थानमा रहेर सेमिफाइनलमा खेलको हो।
हालसम्म भारतले पाँच वटा च्याम्पिनसिप जितिसकेको छ। नेपाल चार पटक फाइनलमा भारतसँगै पराजित भएको छ। त्यस्तै बंगलादेश एक पटक फाइनलमा भारतसँग पराजित भएको छ।
हालसम्मका सबै खेलमा जितेको भारतले पहिलो पटक महिला साफ च्याम्पिनसिममा बंगलादेशसँग हार व्यहोरेको छ।
यस खेलको विजेताले फाइनलमा बंगलादेशसँग खेल्नेछ। यसअघि शुक्रवार नै भएको पहिलो सेमिफाइनल खेलमा भुटानलाई ८-०ले पराजित गर्दै बंगलादेश फाइनलमा प्रवेश गरिसकेको छ।