PahiloPost

Mar 24, 2026 | १० चैत्र २०८२

साफ महिला च्याम्पियनसिपमा भारतलाई १-० ले हराउँदै नेपाल फाइनलमा



पहिलोपोस्ट

साफ महिला च्याम्पियनसिपमा भारतलाई १-० ले हराउँदै नेपाल फाइनलमा

काठमाडौं : नेपाल साफ महिला फुटबल च्याम्पिनयसिपको फाइनलमा प्रवेश गरेको छ। शुक्रवार दशरथ रंगशालामा भएको खेलमा भारतलाई १-० ले हराउँदै नेपालले फाइनल सुरक्षित गरेको हो। 

पहिलो हाफको अतिरिक्त समयमा नेपालका लागि रश्मी घिसिङले गोल गरिन् जुन निर्णायक बन्न पुग्यो। प्रिती राईको पासमा डिबक्स भित्रबाट घिसिङले उत्कृष्ट गोल गर्दै नेपाललाई जित दिलाएकी हुन्। 

साफ महिला च्याम्पियनसिपमा भारतमाथि नेपालको यो पहिलो जित हो। यसअघि चार पटक फाइनलमा भारतसँग नेपाल पराजित भएको थियो। यससँगै नेपाल फाइनलमा बंगलादेश सँग खेल्नेछ। साफ च्याम्पियनसिपमा भारत यसअघिका संस्करणसम्म अपराजित थियो। 

यस पटकको साफमा समूह चरणमा भारत बंगलादेशसँग पराजित भएको थियो भने सेमिफाइनलमा नेपालसँग पराजित हुँदै खेलबाट बाहिरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell