PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

अधिवेशन अन्त्यको राष्ट्रपति कार्यालयको पत्र संसदमा, प्रतिनिधि सभाको अन्तिम बैठक शनिबार



पहिलोपोस्ट

अधिवेशन अन्त्यको राष्ट्रपति कार्यालयको पत्र संसदमा, प्रतिनिधि सभाको अन्तिम बैठक शनिबार

काठमाडौंः राष्ट्रपति कार्यालयले प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्यसम्बन्धी पत्र संसदलाई पठाएको छ। चालु अधिवेशन शनिबार राति १२ बजेबाट अन्त्य हुनेगरि पत्र पठाइएको हो। शुक्रबार मन्त्रिपरिषदले अधिवेशन अन्त्यको सिफारिस गरेको थियो। 

कार्यकाल विवाद रहिरहेका बेला सरकारको सिफारिसमा अधिवेशन अन्त्य गर्न लागिएको हो। निर्वाचन आयोगले समानुपातिक बन्दसूची बझाउनुभन्दा अघिल्लो दिनसम्म कार्यकाल रहने जनाउ संसदलाई दिएको थियो। 

शनिबार १ बजे बस्ने बैठकमा राष्ट्रपतिको पत्रबारे जानकारी दिइने छ। यस्तै, अधिवेशनमा भए गरेका कामबारे जानकारी गराइने छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell