PahiloPost

Jun 2, 2025 | २० जेठ २०८२

बालेन, रेणु, धनराज र हर्क साम्पाङलाई निर्वाचन आयोगले गर्‍यो जरिवाना



पहिलोपोस्ट

बालेन, रेणु, धनराज र हर्क साम्पाङलाई निर्वाचन आयोगले गर्‍यो जरिवाना

काठमाडौंः निर्वाचन आयोगले निर्वाचन खर्च समयमा नबुझाएको भन्दै तीन महानगरपालिकाका निर्वाचित प्रमुखहरुलाई कारबाही गरेको छ। आयोगले शुक्रबारको निर्णय अनुसार काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), भरतपुरकी प्रमुख रेणु दाहाल तथा पोखरा महानगरका प्रमुख धनराज आचार्यलाई कारबाही गरेको हो।

आयोगले तीन महानगरसँगै धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई पनि जरिवाना गरेको आयुक्त रामप्रसाद भण्डारीले बताए।

आयोगको निर्णय अनुसार महानगरका प्रमुखलाई सात लाख ५० हजार रुपैयाँ जरिवाना हुनेछ। यस्तै, उपमहानगर प्रमुखको हकमा पाँच लाख ५० हजार जरिवाना हुनेछ।

निर्वाचन सम्पन्न भएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने व्यवस्था छ। आयोगले खचए विवरण नबुझाउने एक लाख २३ हजारलाई जरिवानाको निर्णय गरेको छ।

अब तोकिएको अवधिमा जरिवाना नबुझाए त्यस्ता व्यक्तिले ६ वर्षसम्म चुनावमा उम्मेदवार बन्न पाउने छैनन्। यस्तै जरिवाना सरकारी बाँकी सरह नै रहनेछ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell