PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

प्रतिनिधिसभाको अन्तिम बैठक आज बस्दै



पहिलोपोस्ट

प्रतिनिधिसभाको अन्तिम बैठक आज बस्दै

काठमाडौं :  आज प्रतिनिधिसभाको अन्तिम बैठक बस्ने भएको छ। मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन तय भएको छ। २०७४ सालको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले बुझाएको बन्द सूचि आज राति १२ बजेदेखि कायम नरहने निर्वाचन आयोगकोले जनाएको छ। असार २ गते आसन्न निर्वाचनका लागि समानुपातिकको बन्दसूच बुझाउने कार्यतालिका छ।

राष्ट्रपति कार्यालयले प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्यसम्बन्धी पत्र पनि संसदलाई पठाएको छ। चालु अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुनेगरि पत्र पठाइएको हो। शुक्रबार मन्त्रिपरिषदले अधिवेशन अन्त्यको सिफारिस गरेको थियो। 

कार्यकाल विवाद रहिरहेका बेला सरकारको सिफारिसमा अधिवेशन अन्त्य गर्न लागिएको हो। निर्वाचन आयोगले समानुपातिक बन्दसूची बझाउनुभन्दा अघिल्लो दिनसम्म कार्यकाल रहने जनाउ संसदलाई दिएको थियो। 

आज दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रपतिको पत्रबारे जानकारी दिइने छ। यस्तै, अधिवेशनमा भए गरेका कामबारे पनि जानकारी गराइने छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell