PahiloPost

Jan 25, 2026 | १२ माघ २०८२

महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्तयेष्टिमा परराष्ट्रमन्त्री खड्का सहभागी हुने



पहिलोपोस्ट

महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्तयेष्टिमा परराष्ट्रमन्त्री खड्का सहभागी हुने

काठमाडौं : परराष्ट्रमन्त्री डा नारायण खड्का बेलायतकी महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी हुने भएका छन्। आज   खड्कासहितको प्रतिनिधिमण्डल बेलायत प्रस्थान गर्ने कार्यतालिका रहेको छ। 

बेलायतको राजधानी लन्डनमा रहँदा उनले महारानीलाई श्रद्धाञ्जलि दिने तथा राजकीय अन्त्येष्टिमा सहभागी हुनाका साथै ल्यान्कास्टर हाउसमा शोक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

यसैगरि खड्का बकिङ्घम दरबारमा राजाको स्वागत समारोह तथा त्यहाँका विदेश मामिला मन्त्रीले आयोजना गर्ने स्वागत समारोहमा समेत सहभागी हुनेछन्। खड्का आगामी असोज ५ गते स्वदेश फर्कने मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell