PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

बुटवलमा पेस्तोलसहित एकजना पक्राउ



पहिलोपोस्ट

बुटवलमा पेस्तोलसहित एकजना पक्राउ

बुटवल : रुपन्देही प्रहरीले शुक्रबार बुटवलबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामु अर्यालका अनुसार पक्राउ पर्नेमा बागलुङ दगातुन्डाडा घर भई हाल बुटवल उपमहानगरपालिका ८ बस्ने ३३ वर्षीय सन्तोष सलामी रहेका छन्।

बुटवल ९ इँटाभट्टी स्थित होटल नमोबुद्धबाट सलामीलाई पक्राउ गरिएको डिएसपी अर्यालले बताए। सलामीले शरीरमा लुकाएर राखेको अवस्थामा काठको बिड भएको पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ। यस्तै, सलामीको साथबाट तीन थान गोली समेत बरामद गरिएको छ। 

सलामीमाथि जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरि थप अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell