PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

‘टक ट्वाइलेट’ अभियन्ता प्रकाश अमात्यको निधन



पहिलोपोस्ट

‘टक ट्वाइलेट’ अभियन्ता प्रकाश अमात्यको निधन

काठमाडौं : सामाजिक अभियन्ता प्रकाश अमात्यको निधन भएको छ। सार्वजनिक शौचालय र आकाशे पानी संकलन अभियानलाई विस्तार गर्दै लगिरहेका अमात्यको शुक्रवार राति निधन भएको हो।

शुक्रवार ह्दयघात भएपछि उनलाई मेडिसिटी अस्पताल लगिएको र उपचारकै क्रममा उनको निधन भएको परिवारिक स्रोतले जनाएको छ।

वि सं २०३० मा जन्मिएका अमात्य सांस्कृतिक र सम्पदा संरक्षण अभियानमा पनि संलग्न थिए। ललितपुरको सप्तपाताल पोखरी ब्युताउँन उनले अग्रणी भूमिका खेलेका थिए भने उपत्यकामा पानीको स्रोत संरक्षणका लागि उनले पहल गरिरहेका थिए।

पछिल्लो समय ‘टक ट्वाइलेट’ अभियानलाई उनले तीब्रता दिएका थिए। सार्वजनिक शौचालय सबैलाई पहुँचयोग्न बनाउनुपर्छ भनेर उनले यो अभियान संचालन गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell