PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

डेंगु संक्रमितले भरिँदै अस्पताल : दुई महिनामा १३ हजार बढीमा संक्रमण, कुन प्रदेशमा कति छन् बिरामी ?

डेंगु संक्रमितले भरिँदै अस्पताल : दुई महिनामा १३ हजार बढीमा संक्रमण, कुन प्रदेशमा कति छन् बिरामी ?

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : देशभर डेंगुको बिरामीको संख्या बढ्दै गएको छ। साउन महिना यता १३ हजार ९ जनामा डेंगु देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। डेंगुका कारण हालसम्म १३ जनाको मृत्यु भइसकेको छ।

भाद्र ३० गतेसम्मको तथ्याङ्क अनुसार अहिले सबैभन्दा बढी संक्रितको संख्या वाग्मती प्रदेशमा छ। वाग्मतीमा हालसम्म ८ हजार ९७१ जनामा संक्रमण पुष्टि भइसकेको छ।

प्रदेश १ मा ४१७ जना, मधेश प्रेशमा २२६ जना, गण्डकीमा २९१ जना, लुम्बिनीमा १ हजार ५१० जना, कर्णालीमा १८८ जना, र सुदूरपश्चिममा ४०४ जनामा संक्रमण देखिएको छ।

डेंगु संक्रमितको संख्या बढेसँगै अस्पतालमा बिरामीको चाप पनि बढ्दो छ। काठमाडौं उपत्यकाका अस्पतालहरुमा डेंगु संक्रमितको संख्या बढिरहेको छ।

७५ वटा जिल्लामा डेंगु फैलिसक्दा सरकारले लार्भा ‘खोज र नष्ट गर’ अभियान संचालन गरिरहेको छ। स्वास्थ्य मन्त्रालयले लामखुट्टेको टोकाइबाट बच्न र संक्रमण बढ्न नलिन रोकथाकका उपाय अपाउन आग्रह गरेको छ।  

डेंगी लागेको कसरी थाहा पाउने?

डेंगी ज्वरो लाग्दा फ्लु अथवा भाइरल ज्वरोको जस्तै लक्षण देखिन्छ। यसले भर्खर जन्मेको बच्चादेखि वयस्कसम्म सबैलाई संक्रमित बनाउन सक्छ। १०४ डिग्री फरेनहाइट र सोभन्दा माथिको ज्वरो आएमा डेंगी लागेको आशंका गर्न सकिन्छ।

ज्वरो सँगसँगै अत्याधिक टाउको दुख्ने, आखाँको पछाडिको भाग दुख्ने, मांशपेशी तथा जोर्नीहरु दुख्ने, वान्ता हुने, ग्रन्थीहरु सुन्निने समेतका लक्षणहरु देखिएमा डेंगी मान्न सकिने चिकित्सक बताउँछन्।

यो लक्षण दुईदेखि सात दिनसम्म देखिन्छ। संक्रमित लामखुट्टेले टोकेको चारदेखि १० दिनमा यस्ता लक्षण देखिन्छ।

डेंगी कतिबेला खतराजनक हुन्छ?

सामान्यतया डेंगी त्यति खतराजनक हुँदैन। तर, यसको लामो समय उपचार हुन नसकेमा भने प्लेट्सलेट्सको कमी, शरीरमा पानी जम्ने, स्वासप्रस्वासमा समस्या आउने, आन्तरिक रक्तश्राव हुने तथा अंगहरु फेल हुने अवस्थामा भने खतराजनक हुन सक्छ।

प्रारम्भिक लक्षण देखिएको ३ देखि ७ दिनमा खतराका लक्षण देखिने गर्छ। जसमा शरीरको तापक्रम कम हुने, अत्याधिक पेट दुख्ने, लगातार वान्ता हुने, छिटो छिटो श्वासप्रश्वास हुने, गिँजाबाट रगत आउने, थकाइ लाग्ने तथा वान्तामा रगत देखिने लक्षण रहेका छन्। यस्ता लक्षण देखिएको २४ देखि ४८ घण्टामा बिरामीले उपचार नपाएमा उसको मृत्युसमेत हुन सक्छ।

डेंगीबाट कसरी बच्ने?

डेंगीको नियन्त्रणको लागि लामखुट्टेलाई नै नियन्त्रण गर्नु आवश्यक रहेको विज्ञ बताउँछन्। पानीमा हुने लामखुट्टेको चरणलाई नियन्त्रण गर्न समुदायमा घर वरपर सफा राख्ने, पानी जम्न नदिने आदि गर्न सकिन्छ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पतालको दृश्य  :

 



ट्रेन्डिङ पोस्ट

Ncell