PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

आजदेखि काठमाडौं महानगरभित्र सार्वजनिक स्थलमा धुम्रपान र सुर्ती सेवनमा निषेध



पहिलोपोस्ट

आजदेखि काठमाडौं महानगरभित्र सार्वजनिक स्थलमा धुम्रपान र सुर्ती सेवनमा निषेध

काठमाडौं : काठमाडौं महानगरपालिका भित्र आजबाट सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्ती सेवन गर्न रोक लगाइएको छ। महानगरले केहीदिन अघि असोज १ गतेबाट महानगरभित्र धुम्रपान र सुर्ती सेवा निषेध गरिएको सूचना जारी गरेको थियो।

महानगरपालिकाको नगरसभाको ११ औं अधिवेशनबाट सार्वजनिक स्थलमा धुम्रपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारीरूपमा कार्यान्वयन गर्ने नीति पारित गरेको थियो।

'संवत् २०७९ आश्विन १ गतेबाट सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नसा लिने वा सेवन गर्ने कार्य निषेध गरिएको छ,' महानगरले जारी गरेको सूचनामा भनिएको थियो।

नियम उल्लङ्घन गरेमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन. २०६८ समेतका आधारमा कानुन उल्लङ्घन गर्ने व्यक्तिलाई सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा तोकिएबमोजिमको जरिवानासमेत हुने महानगरले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell