PahiloPost

May 15, 2025 | २ जेठ २०८२

दशैंमा घर जाने चटारो : टिकट लिन नयाँ बसपार्कमा यात्रुको भिड

दशैंमा घर जाने चटारो : टिकट लिन नयाँ बसपार्कमा यात्रुको भिड

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : दशैंका लागि आजदेखि बसको टिकट बुकिङ खुला भएको छ।

बसको टिकट अनलाइनबाट बुकिङ  पनि गर्न सकिनछ। यद्यपि, आज बिहानैबाट मानिसहरु टिकट लिन नयाँ बसपार्क पुगेका छन्। टिकट लिन मानिसहरुको भिड लागेको छ अहिले नयाँ बसपार्कमा। यस वर्षको अग्रिम टिकट बुकिङ खुला गर्नका लागि नयाँ बसपार्कमा यातायात व्यवसायीको सहकार्यमा टिकट बुकिङ काउण्टर थप गरिएको छ ।

यसपटक दशैंका लागि घर जानेहरुको सुविधालाई मध्यनजर गर्दै गाडी कम भएको रुटमा सवारीसाधनको संख्या थप गरिएका छन्। स्वचालित प्रणाली लागु भएकाले यसपाली दशैंमा भाडा भने  बढ्ने छैन।

यो वर्ष यातायात आवागमनमा सहज बनाउन खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरुको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायतका ठूला सवारी साधनहरु मिति १५ असोजदेखि २२ गतेसम्म नारायणगढदेखि काठमाडाौंसम्म सञ्चालन गर्न रोक लगाइने भएको छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell