PahiloPost

Jul 3, 2024 | २० असार २०८१

अछाममा पहिरो : ९ जनाको मृत्यु, बेपत्ताको खोजी हुँदै



पहिलोपोस्ट

अछाममा पहिरो : ९ जनाको मृत्यु, बेपत्ताको खोजी हुँदै

काठमाडौं : अविरल वर्षाका कारण अछामको विभिन्न स्थानमा पहिरो गएको छ। कमलबजार नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरो गएको हो। पहिरोमा पुरिएर ९ जनाको मृत्यु भएको छ।

कमलबजार नगरपालिका-६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ६ मध्ये ५ जनाको शव भेटिएको अछामका सहायक प्रमुख जिल्ला अधिकारी दीपेश रिजालले जानकारी दिए। यस्तै, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा २-२ जनाको शव फेला परेको उनले बताए। अन्य बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

जिल्लामा ४ भन्दा बढी घर पहिरोले पुरिएको प्रहरीले जनाएको छ। पहिरोमा परी घाइते भएका ७ जनाको भने जीवितै उद्धार गरिएको छ। थप बेपत्ताको खोजी तथा घाइतेको उद्धारका लागि हेलिकप्टर मगाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell