PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध



पहिलोपोस्ट

पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध

काठमाडौं : तीन दिनदेखि लगातार परिरहेको वर्षाका कारण भीमदत्त राजमार्ग अवरुद्ध बनेको छ। वर्षाले कैलालीको खानीडाँडादेखि डडेल्धुराको भात्काडासम्म राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको अत्तरियास्थित सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार अहिले डोजर प्रयोग गरेर कैलालीको सहजपुर क्षेत्रसम्मको पहिरो हटाइ सकिएको छ। अन्य स्थानमा पनि पहिरो हटाउने काम जारी रहेको छ। पहिरो हटाउँदै सवारी साधन गन्तव्यतिर पठाउने काम भइरहेकोे छ।

कैलालीको खानीडाँडामा आएको पहिरो हटाएर सहजपुरसम्म यातायात संचालन गरिएको र उता डडेल्धुरा क्षेत्रबाट पनि पहिरो हटाउने काम जारी रहेको उक्त कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell