PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

कैलालीको पूर्वी क्षेत्रमा बाढी, ६०० घर डुबानमा



पहिलोपोस्ट

कैलालीको पूर्वी क्षेत्रमा बाढी, ६०० घर डुबानमा
Photo : Khemraj Biswokarma

कैलाली : शुक्रवारदेखि परिरहेको अविरल वर्षाका कारण कैलालीको पूर्वी क्षेत्र डुबानमा परेको छ। कान्द्रा र पथरिया नदी बस्ती पसेपछि पूर्वी क्षेत्रका करिब ६ सय घर डुबानमा परेका कैलाली प्रहरीले जानकारी दिएको छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार भजनी नगरपालिका-८ मा रहेको पथरिया नदीको पानी बस्तीमा पस्दा करिब १६० घरधुरी डुबानमा परेका छन्। उनका अनुसार सोनाफाँटा टोल, दैलेखी टोल, भरतान टोल, जनकपुर टोल र छछरहवा टोलका घरहरू डुबानमा परेका हुन्।

यस्तै कान्द्रा नदीमा पानीको सतह बढेर बस्तीमा पसेपछि मिलनपुर टोल, लालबोझी र पुलियापुर टोलका २५० घर डुबानमा परेका छन् भने कान्द्रा नदीकै बाढीले भजनी नगरपालिका-७ को शिविर टोल, गणेशमान टोल र दक्षीणपूर्वा टोलका पनि करिब २५० घर डुबानमा परेका छन्।

यी ठाउँमा अहिलेसम्म मानवीय क्षति भने भएको छैन। बाढी बस्तीमा पसेपछि प्रभावित भएकाहरूको उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell