PahiloPost

Jun 2, 2025 | २० जेठ २०८२

अछाममा पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुग्यो, ११ जना बेपत्ता



पहिलोपोस्ट

अछाममा पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुग्यो, ११ जना बेपत्ता

काठमाडौं : अविरल वर्षाका कारण अछामको विभिन्न स्थानमा पहिरो जाँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ।

जिल्ला प्रशासन कार्यालय अछामका अनुसार तुर्माखाँद गाउँपालिका वडा नम्बर ५ मा २ जना, ढकारी गाउँपालिका वडा नम्बर ६ मा १ जना, कमलबजार नगरपालिका वडा नम्बर ८ मा ५ जना, कमलबजार नगरपालिका वडा नम्वर ६ मा ४ जनाको मृत्यु भएको छ। 

यस्तै हालसम्म बेपत्ता हुनेको संख्या ११ जना छ। ११ जनाको नेपाल प्रहरी तथा स्थानीयको सहयोगमा उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ।

शुक्रवारदेखि परिरहेको अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो गएको हो। जिल्लामा ४ भन्दा बढी घर पहिरोले पुरिएको प्रहरीले जनाएको छ।  थप बेपत्ताको खोजी तथा घाइतेको उद्धारका लागि हेलिकप्टर मगाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell