PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

महारानी एलिजाबेथको शव राखिएको कफिन नजिकै जाने प्रयास गर्ने एक व्यक्ति पक्राउ



पहिलोपोस्ट

महारानी एलिजाबेथको शव राखिएको कफिन नजिकै जाने प्रयास गर्ने एक व्यक्ति पक्राउ
Photo : PA MEDIA

महारानी एलिजाबेथको शव राखिएको कफिन (काठको बाकस) को नजिकै जाने प्रयास गरेका एक व्यक्तिलाई बेलायती प्रहरीले पक्राउ गरेको छ। बेलायतमा ७० वर्ष शासन गरेकी एलिजाबेथको शव अहिले श्रद्धाञ्जलीका लागि वेस्टमिनिस्टर हलमा राखिएको छ। उनलाई अन्तिम विदाई दिन हजारौं मानिस घण्टौं लाइनमा बसिरहेका छन्।

शुक्रवार बेलायती समय अनुसार राति १० बजे सो व्यक्ति लाइनबाट निस्किएर कफिन नजिक पुगेका थिए। लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो। पब्लिक अर्डन एक्ट अन्तर्गत उनलाई नियन्त्रणमा लिइएको हो।

सो घटनापछि केहीसमय लाइनलाई रोकिएको थियो। पछि फेरि श्रद्धाञ्जलीका लागि लाइन खुला गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell