PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

सिंहदरबारमा निलम्बित प्रधान न्यायाधीश जबराको बयान प्रमाणिकरण गरिँदै : आज दिउँसो समितिको बैठक बसेर थप निर्णय



पहिलोपोस्ट

सिंहदरबारमा निलम्बित प्रधान न्यायाधीश जबराको बयान प्रमाणिकरण गरिँदै : आज दिउँसो समितिको बैठक बसेर थप निर्णय

काठमाडौं : निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको बयानको प्रमाणिकरण भइरहेको छ। आज बिहानैदेखि सिंहदरबारमा जबरा उपस्थित भएर पहिले दिएको बयानको प्रमाणिकरण भएको हो। हिजो प्रमाणिकरण नभएर बाँकी रहेको बयानको प्रमाणिकरण गरिएको समितिका एक सदस्यले जानकारी दिए।

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई यसअघि नै ४३ वटा मूल प्रश्न सोधेको थियो। ६ दिनसम्म सिंहदरबार पुगेर जबराले प्रश्नको जवाफ दिएका थिए। प्रमाणिकरण सकिएपछि आजै नै समितिको बैठक बस्दैछ। समितिको बैठकले त्यसपछि पुनः जबरालाई पूरक प्रश्न सोध्ने वा नसोध्ने निर्णय गर्नेछ।

११ जना सदस्य रहेको महाअभियोग छलफल समिति गठन भएको थियो। समितिमा एकबाल मियाँ, कल्याणी कुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद शाह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्‍डित, विष्णु पौडेल र शिवमाया तुम्बाहाम्फे रहेका छन्।

गत फागुन १ गते जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिनिधिसभामा महाअभियोग दर्ता भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell