PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

बर्दियामा बाढी : राजापुर र ठाकुरबाबाका बस्ती डुबानमा



पहिलोपोस्ट

बर्दियामा बाढी : राजापुर र ठाकुरबाबाका बस्ती डुबानमा

काठमाडौं : अविरल वर्षाका कारण बर्दियाका विभिन्न नदी तथा खोलामा आएको बाढीले बस्ती डुवानमा परेका छन्। बुधबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाको राजापुर र ठाकुरबाबा नगरपालिकाअन्तर्गतका विभिन्न नदी तथा खोलानाला भरिएर बस्ती डुवानमा परेका हुन्।

जिल्लाको कर्णाली नदीमा पानीको बहाव बढेसँगै राजापुर-७ बाजुरोली टोलका ३०, ठाकुरबाबा नगरपालिका-७ र ५ का ३५ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद बास्तोलाले जानकारी दिए। नदी र खोलामा पानीको सतह बढने क्रम नरोकिएकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन, नदीमा माछामार्ने र काठ ओसार्ने काममा नजान आग्रह गरिएको बास्तोलाले बताए।

बर्दियालगायत आसपासका क्षेत्रमा निरन्तर वर्षा भएपछि बबई नदीले खतराको तह पार गरेको छ। बबई नदीको चेपाङमा पानीको सतह ६ दशमलव १३ मिटर पुगेको छ। ५ दशमलव ५० चेतावनी र ६ दशमलव १० मिटरलाई खतराको तह मानिन्छ। बर्दियाको कर्णाली राजापुरमा २४ घण्टामा दुई सय ६७ दशमलव ४ मिलीमिटर वर्षा मापन गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell