PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

बाढी र पहिरोको कहर, कतै डुवान त कतै मानवीय क्षति

बाढी र पहिरोको कहर, कतै डुवान त कतै मानवीय क्षति

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौंः सुदूरपश्चिमको अछाममा बाढी पहिरोमा परेर १७ जनाको मृत्यु भइसकेको छ। त्यस्तै देशका अन्य जिल्लाहरुमा पनि बाढी पहिरोका कारण जनजीवन प्रभावित भएको छ।

दाङको तुलसीपुर उपमहानगरपालिका-१३स्थित अम्वेश्वरी माविमा डुवान भएको छ। स्थानीय तुई खोलामा आएको बाढीले विद्यालय भवन डुवानमा परेका हो। त्यस्तै विगत तीन दिनदेखि परेको अबिरल वर्षाका कारण शनिबार बुटवल उपमहानगरपालिका-११ मजुवास्थित तिनाउ नदीमा बढेको पानीको सतह बढेको छ। शुक्लाफाँटा नगरपालिका १२ स्थित बाढीले वनहरा नदी माथिको तिलकी र देखभूली जोड्ने  झोलुङ्गे प्रभावित बनाएको छ।

दुई वर्ष निर्माण भएको पुल गएरातिको बाढीले क्षति पुर्‍याएको हो।



ट्रेन्डिङ पोस्ट

Ncell