PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

निलम्बित प्रधान न्यायाधीश जबरा प्रकरणमा समितिले प्रतिवेदन बुझाउने तयारी,सिंहदरबारमा बैठक जारी



पहिलोपोस्ट

निलम्बित प्रधान न्यायाधीश जबरा प्रकरणमा समितिले प्रतिवेदन बुझाउने तयारी,सिंहदरबारमा बैठक जारी

काठमाडौं : निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा  माथिको छानबिन अन्तिम चरणमा पुगेको छ। महाअभियोग सिफारिस समितिले आजै नै सभामुखलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ। समितिले प्रतिवेदन बुझाउन सभामुखसँग समय पनि लिइसकेको समितिका एक सदस्यले जानकारी दिए।

शुक्रबार र शनिबार बयानको प्रमाणिकरण गरिएको थियो। अहिले समितिको  बैठक सिंहदरबार बसिरहेको छ। तर प्रतिवेदनको भाषा र निष्कर्षमा कुरा मिलेको छैन। नेकपा एमाले सांसदहरुले महाअभियोग लगाउन प्रमाण नपुगेको दाबी गर्दै आएका छन्।

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई यसअघि नै ४३ वटा मूलप्रश्न सोधेको थियो। ६ दिनसम्म सिंहदरबार पुगेर जबराले प्रश्नको जवाफ दिएका थिए। प्रमाणिकरण सकिएपछि आजै नै समितिको बैठक बस्दैछ। समितिको बैठकले त्यसपछि पुनः जबरालाई पूरक प्रश्न सोध्ने वा नसोध्ने निर्णय गर्नेछ।

११ जना सदस्य रहेको महाअभियोग छलफल समिति गठन भएको थियो। समितिमा एकबाल मियाँ, कल्याणी कुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद शाह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्‍डित, विष्णु पौडेल र शिवमाया तुम्बाहाम्फे रहेका छन्।

गत फागुन १ गते जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिनिधिसभामा महाअभियोग दर्ता भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell