PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

समानुपातिक उम्मेदवार टंगो लगाउन आज एमाले सचिवलय बैठक बस्दै



पहिलोपोस्ट

समानुपातिक उम्मेदवार टंगो लगाउन आज एमाले सचिवलय बैठक बस्दै

काठमाडौं : नेकपा (एमाले) को सचिवालयको बैठक आज पनि बस्दैछ। समानुपातिक उम्मेदवारको सूची टुंगो लगाउन बैठक बस्न लागेको हो। 

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा शनिवार बसेको सचिवालयको बैठकमा मंसिर ४ गतेका लागि तोकिएको प्रदेश तथा प्रतिनिधि सभाको चुनावमा समानुपातिक तर्फका उम्मेदवारबारे छलफल भएको थियो। तर, छलफल निचोडमा पुग्न सकेको थिएन। 

एमालेका उपाध्यक्ष सुवास नेम्वाङले आज ११ बजे फेरि बैठक बस्ने र सूची टुंगो लगाउने भएका छन्।

निर्वाचन आयोगले असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा दर्ता गर्ने समय तोकेको छ।

प्रमुख प्रतिपक्षी दल एमालेले उम्मेदवारबारे छलफल गरेको हो। एमालेको उम्मेदवार छान्ने मापदण्डमा यसअघि समानुपातिक सांसद भएका तथा स्थानीय तह निर्वाचनमा उम्मेदवार भएकालाई अबको चुनावमा उम्मेदवार नबनाउने उल्लेख छ।

प्रदेश तथा तल्ला कमिटीहरुबाट सिफारिस भएर आएका नामको अन्तिम टुंगो एमालेको सचिवालय बैठकले लगाउने छ। एमालले अध्यक्ष ओलीको नेतृत्वमा चुनाव परिचालन कमिटी गठन गरेको थियो भने ओलीकै संयोजकत्वमा घोषणापत्र मस्यौदा समिति छ। 

सत्ता गठबन्धनले पनि उम्मेदवारबारे टुंगो लगाउन नसकिरहेका बेला एमालेले पनि उम्मेदवारबारे निर्णय गर्न ढिलाइ गरिरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell