PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

निरन्तर वर्षापछि पहिरो, कर्णाली राजमार्ग अवरुद्ध



पहिलोपोस्ट

निरन्तर वर्षापछि पहिरो, कर्णाली राजमार्ग अवरुद्ध
तस्विर : रासस

काठमाडौं : निरन्तरको वर्षाका कारण कर्णाली राजमार्गको विभिन्न स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ। प्रदेश प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार कालिकोट खाडाचक्र नगरपालिका-५ मौलाकाटिमा माथिबाट ढुङ्गा र माटोसहितको पहिरो आई राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो।

यसैगरि, दैलेखको दुल्लु नगरपालिका-३ बोटखोला र चामुण्डा बिन्द्रासैनी नगरपालिका-७ रामाघाटमा सडक माथि पहिरो आई राजमार्ग अवरुद्ध भएको छ। गुराँस गाउँपालिका-६ जिरो प्वाइन्ट र केराबारीस्थित सडक माथिबाट पहिरो आइ सुर्खेत-दैलेख सडकखण्ड अवरोधपछि प्रहरी टोलीसँग समन्वयन गरी खुलाइसकिएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell