PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने म्याद आज र भोलि, दलहरु छलफलमा



पहिलोपोस्ट

समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने म्याद आज र भोलि, दलहरु छलफलमा

काठमाडौं : निर्वाचन आयोगले मंसिर ४ गतेका लागि तय भएको प्रदेश तथा प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउन आज र भोलिको समय दिएको छ। सूची तयार गर्न अहिले दलहरु आन्तरिक छलफलमा छन्।

दलहरुले आज र भोलि निर्वाचन आयोगमा पुगेर बन्दसूची दर्ता गराउन गराउन सक्छन्। दलहरुले प्रतिनिधिसभातर्फ ११० र प्रदेशसभाका लागि २२० निर्वाचन क्षेत्रको उम्मेदवारको बन्दसूची पेश गर्नुपर्छ।

सूची पेस गर्दा समानुपातिक समावेशी सिद्धान्तबमोजिम कानुनबमोजिम आवश्यक कागजात अनिवार्यरुपमा पेस गर्न आयोगले आज दलहरुलाई आग्रह गरेको छ।

उक्त प्रणालीतर्फको बन्दसूचीमाथि आयोगले जाँचबुझ गरी संशोधनका लागि असोज ४ देखि ९ गतेसम्म दलहरुलाई आग्रह गर्नेछ। आयोगको सुझावबमोजिम दलहरुले असोज १० देखि १६ गतेसम्म परिमार्जित सूची पेस गर्नुपर्नेछ।

आयोगले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र मनोनयनपत्रको सूची प्रकाशन गर्ने कार्यक्रम तय गरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell