PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

संविधानकाे कार्यान्वयनका लागि निर्वाचनबाट कांग्रेसले नै 'म्यान्डेट' पाउँछ : प्रकाशमान सिंह



पहिलोपोस्ट

संविधानकाे कार्यान्वयनका लागि निर्वाचनबाट कांग्रेसले नै 'म्यान्डेट' पाउँछ : प्रकाशमान सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानकाे कार्यान्वयनका लागि निर्वाचनबाट कांग्रेसले नै 'म्यान्डेट' पाउने बताएका छन्। गणेशमान सिंहकाे २५ औं जन्मजयन्तीकाे अवसरमा आज आयाेजित कार्यक्रममा उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्खै माैका पाउँदा संसद् विघटन गर्नेलाई नभई जनताले कांग्रेसलाई म्यान्डेट दिने बताएका हुन्।

संविधानकाे सफल कार्यान्वयनका लागि मंसिर ४ काे निर्वाचनमा कांग्रेस नेतृत्वकाे गठबन्धनकाे जित आवश्यक रहेकाे उनको भनाई थियाे। स्थानीय तहलाई बलियाे बनाएर शिक्षा,स्वास्थ्य, राेजगारीकाे विषयमा जनतालाई अनुभूत हुनेगरि काम गर्नुपर्नेमा उनले जोड दिए। 

सत्ता गठबन्धनमा अहिले सिट बाँडफाँटका बारेमा छलफल भइरहेकाले छिटै निकास निस्कने पनि उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell