PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

काठमाडौंको गैरीगाउँमा एक युवक मृत भेटिए



पहिलोपोस्ट

काठमाडौंको गैरीगाउँमा एक युवक मृत भेटिए

काठमाडौं : काठमाडौंको गैरीगाउँमा एक युवक मृत अवस्थामा फेला परेका छन्। आज बिहान काठमाडौं महानगरपालिका वडा नम्बर ९ स्थित सडकमा अन्दाजी ३० वर्षीय युवक मृत भेटिएका हुन्।

स्थानीयले प्रहरीलाई खबर गरे पनि जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ।

' शव भेटिएको हो। थप अनुसन्धान भइरहेको छ,' परिसरका प्रमुख एसएसपी भरतबहादुर बोहराले बताए।

त्यस्तै, आवश्यक अनुसन्धानको लागि नेपाल प्रहरीको तालिम प्राप्त कुकुरलाई समेत प्रयोग गरिएको छ।

मृतक युवकको टाउकोमा चोट लागेको देखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell