PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सरकारले नजरबन्दमा राखेको निलम्बित प्रधानन्यायाधीश जबराको आरोप, 'अदालतमा जाने वातावरण बनाएन'



सविन ढकाल

सरकारले नजरबन्दमा राखेको निलम्बित प्रधानन्यायाधीश जबराको आरोप, 'अदालतमा जाने वातावरण बनाएन'

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई सरकारले नै घरभित्र नजरबन्द जस्तै बनाएको आरोप लगाएका छन्। प्रतिनिधिसभाबाट आफूमाथि लागेको महाअभियोग निस्कृय भएको भन्दै उनले आफू सर्वोच्च अदालत जान खोज्दा घरभित्र नै नजरबन्द जस्तै लगाएको आरोप लगाए।

'सरकारले नै अदालत जाने वातावरण बनाइदिएन। म ११ बजे अदालत जान तयारीमा थिएँ तर मेरो गेट अगाडि नै पुलिस ल्याएर राखेको छ,' जबराले पहिलोपोस्टसँगको टेलिफोन कुराकानीमा भने।

महाभियोग सिफारिस समितिको बहुमतको प्रतिवेदनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लाग्ने आधार र कारणसहितको प्रतिवेदन शनिवार बुझाएको छ।प्रतिवेदन बुझाएपछि निलम्बित जबरा अदालत फर्किने सुचना समेत सर्वोच्च अदालतलाई पठाएको  चर्चा चलेको छ। जबराले आज नै सर्वोच्च फर्किने बताएका छन्। त्यसैले अहिले सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। त्यसो त जबराले अदालत फर्किने नपाउने भन्दै केहीले विरोध समेत गरिरहेका छन्।

' म बालुवाटरमा छु, मेरो गेटमा प्रहरी छन्। नजरबन्दमा जस्तै छु,' जबराले भने।

प्रतिवेदन बुझाइए पनि बाँकी प्रक्रिया अघि बढ्ने छैन। प्रतिनिधि सभाको कार्यकाल शनिवार मध्यरातबाट समाप्त भएकाले प्रतिवेदनको प्रक्रिया के हुने भन्ने अन्योल छ। तर, गठबन्धनको प्रतिवेदनले अर्को संसदमा टुंग्याउन उपयुक्त हुने मत प्रतिवेदनमा उल्लेख गरेको छ।

दुई सुझावसहित ९ बुँदे आधार बहुमतको प्रतिवेदनमा पेश गरिएको छ।

रञ्जन कोइरालाको मुद्दामा सजाय घटाएको, राजस्व छलीको मुद्दामा गलत व्याख्या गरेको, संवैधानिक दायित्व पूरा नगरेको, संवैधानिक नियुक्तिमा जिम्मेवारपूर्वक भूमिका निर्वाह नगरेको लगायतका ९ बुँदे आधार बहुमतको प्रतिवेदनमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell