PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

कांग्रेसले समानुपातिकतर्फको बन्द सूची तयार गर्दै



पहिलोपोस्ट

कांग्रेसले समानुपातिकतर्फको बन्द सूची तयार गर्दै

काठमाडौं : नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बनाउन तयारी थालेको छ।

समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची तयार गर्न आज बिहान ९ बजेदेखि कांग्रेस केन्द्रीय संसदीय समितिमा छलफल जारी रहेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए।

प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको बैठकमा समितिका पदाधिकारीले छुट्टाछुट्टै क्लष्टरकारुपमा छलफल गरिरहेको र दिउँसो २ बजे प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवासहितको औपचारिक बैठक बस्ने उनले बताए ।

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाउन दलहरुलाई यही असोज २ र ३ गतेको समय निर्धारण गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell