PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

सरकारी निवासभित्रबाट चोलेन्द्रले भने : म नजरबन्दमा छु, निवासको गेटबाट बाहिरिने गाडीमा पनि सुरक्षाकर्मीको कडा चेकिङ

सरकारी निवासभित्रबाट चोलेन्द्रले भने : म नजरबन्दमा छु, निवासको गेटबाट बाहिरिने गाडीमा पनि सुरक्षाकर्मीको कडा चेकिङ

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौंः निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई सरकारले नै घरभित्र नजरबन्दमा राखेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाबाट आफू माथि लागेको महाअभियोग निष्क्रिय भएको अवस्थामा आफू सर्वोच्च अदालत जान खोज्दा घरभित्र नै नजरबन्द जस्तै राखेको आरोप उनले लगाएका हुन्। जबरा हाल वालुवाटारस्थित सरकारी निवासमा छन्।

आज दिउँसो सवा १२ बजेतिर जबरा बस्दै आएको सरकारी निवासमा पुग्दा बाहिर गेटमा सुरक्षाकर्मीको उपस्थिति देखियो। सरकारी निवासमा सुरक्षाकर्मीको उपस्थिति नौलो होइन। तर, आज भने जबराले दाबी गरे झैँ केही बाक्लो सङ्ख्यामा सुरक्षाकर्मीको उपस्थित देखिन्थ्यो।

निवासभित्र पट्टीबाट जबराले भने पहिलोपोस्टसँगको कुराकानीमा भने,' सरकारले नै अदालत जाने वातावरण बनाइदिएन। म ११ बजे अदालत जान तयारी भएको थिए तर मेरो गेट अगाडी नै पुलिस ल्याएर राखेको छ,' जबराले टेलिफोन कुराकानीमा भने।

महाभियोग सिफारिस समितिको बहुमतको प्रतिवेदनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लाग्ने आधार र कारणसहितको प्रतिवेदन शनिवार बुझाएको छ। त्यसपछि शनिवार नै जबराले अदालत हाजिर हुने बताएका थिए। आइतबार बिहानैदेखि अदालत परिसरमा पनि सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखियो। त्यसो त केही अधिवक्ता र विभिन्न सङ्गठनमा आबद्ध अधिवक्ताहरू पनि विरोधको लागि तयारी अवस्था थिए। एका दुई जना जबराको स्वागतको लागि हातमा खादा बोकेर पुगेका थिए।

छानबिन समितिले प्रतिवेदन बुझाए पनि बाँकी प्रक्रिया अघि बढ्ने छैन। प्रतिनिधि सभाको कार्यकाल शनिवार मध्यरातबाट समाप्त भएकाले प्रतिवेदनको प्रक्रिया के हुने भन्ने अन्योल छ। तर, गठबन्धनको प्रतिवेदनले अर्को संसदमा टुङ्ग्याउन उपयुक्त हुने मत प्रतिवेदनमा उल्लेख गरेको छ।

दुई सुझावसहित ९ बुँदे आधार बहुमतको प्रतिवेदनमा पेस गरिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell