PahiloPost

May 31, 2025 | १८ जेठ २०८२

सुन तोलामा ३ सय बढ्यो, प्रतितोला ९१ हजार ८ सय रुपैयाँ



पहिलोपोस्ट

सुन तोलामा ३ सय बढ्यो, प्रतितोला ९१ हजार ८ सय रुपैयाँ

काठमाडौंः गत साता लगातार घटेको सुनको मूल्य साताको पहिलो दिन बढेको छ।

सुनको मूल्य आइतबार तोलामा ३ सय रुपैयाँ बढेर बजार मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।गत शुक्रवार तोलामा एक हजार रुपैयाँले घटेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि आइतबार तोलामा १५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कायम भएको छ।गत शुक्रबार चाँदी तोलामा १० रुपैयाँले घट्दा प्रतितोला ११ सय ७० रुपैयाँमा थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १६७५.२२ डलर र चाँदी प्रतिऔंस १९.६१ डलरमा मा कारोबार भइरहेको छ। शुक्रबार सुन प्रतिऔंस १६६४.१८ डलर र चाँदी प्रतिऔंस १९.१८ डलर थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell