PahiloPost

May 31, 2025 | १८ जेठ २०८२

'छक्का पञ्जा ४' भिड्ने भएपछि ‘परस्त्री’ निर्माता शर्मिला पाण्डेको असन्तुष्टि



पहिलोपोस्ट

'छक्का पञ्जा ४' भिड्ने भएपछि ‘परस्त्री’ निर्माता शर्मिला पाण्डेको असन्तुष्टि

काठमाडौं : शुक्रवार कलाकार दीपकराज गिरीले फेसबुकमार्फत फिल्म ‘छक्का पञ्जा ४’ रिलिज डेटबारे जानकारी दिए। उनले आगामी फागुन १९ गतेलाई फिल्म प्रदर्शन हुने जानकारी गराएका छन्।

तर, सोही दिन मिलन चाम्सको ‘वर एण्ड वधु’, सुरज पाण्डेको ‘परस्त्री’ र सुरक्षा पन्तको ‘बुलाकी’ ले पनि प्रदर्शन मिति तोकिसकेका छन्। हिट सिरिज भिड्ने भएसँगै फिल्म ‘परस्त्री’ की निर्मात्री शर्मिला पाण्डेले असन्तुष्टि पोखेकी छिन्।

‘हामीले निर्माण गरेको चलचित्र परस्त्री फागुन १९ मा रिलिज गर्ने भनेर सबै भन्दा पहिला हामीले डेट घोषणा गरेका हौं। अहिले केही अरु फिल्म पनि सोही डेटमा रिलिज गर्ने भनेर बजारमा हल्ला सुरु गरिएको छ। यो निरन्तर चलचित्र निर्माण गरिरहेको हाम्रो टिमलाई हतोत्साही बनाउन र चलचित्र उद्योगलाई धारासाही बनाउन गरिएको खेल हो। हामी हाम्रो फिल्मलाई तोकिएकै मितिमा रिलिज गर्ने जानकारी गराउँछौ,’ फेसबुकमा उल्लेख छ। 

आफूले पहिले नै रिलिज डेट तोकेको बताउँदै उनले नेपाली चलचित्र प्रदर्शनमा हुने गरेका बलमिच्याइका बारेमा उचित व्यवस्थापन गर्ने चलचित्र विकास बोर्डप्रति पाण्डेको आशा छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell