PahiloPost

May 31, 2025 | १८ जेठ २०८२

प्रतिनिधिसभाले महाभियोगको टुंगो नलगाएसम्म जबरा सर्वोच्च फर्कन मिल्दैन : चण्डेश्वर श्रेष्ठ



पहिलोपोस्ट

प्रतिनिधिसभाले महाभियोगको टुंगो नलगाएसम्म  जबरा  सर्वोच्च फर्कन मिल्दैन : चण्डेश्वर श्रेष्ठ
फाइल फोटो

काठमाडौं : नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रतिनिधिसभाले महाभियोगको टुंगो नलागेसम्म सर्वोच्च अदालतमा काममा फर्कन नमिल्ने बताएका छन्। प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै जबरा सर्वोच्च फर्कने चर्चाबिच आइतबार अदालत पुगेका उनले संविधान र कानुन अनुसार प्रतिनिधिसभाले महाभियोगको टुंगो नलगाएसम्म महाभियुक्तको रुपमा रहेका जबराले सर्वोच्च अदालतको काममा फर्कन नमिल्ने बताएका हुन्।

श्रेष्ठले महाअभियोगको कारबाही प्रारम्भ भएपछि त्यसको टुंगो नलागेसम्म निलम्बित प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतमा काममा फर्कन नमिल्ने व्यवस्था संविधानको धारा १०१ को उपधारा ६ मा प्रष्ट उल्लेख गरिएको बताए।

‘महाअभियुक्तिले आफूले गरेको अपराध जे जस्तो भएपनि सफाई पाउनुपर्दछ भन्छन। तर संविधान र कानुनले महाअभियुक्तलाई कारबाही सुरुवात भईसकेपछि जबसम्म त्यसको टुंगो लाग्दैन। तबसम्म त्यो महाअभियुक्त महाभियोगको प्रस्तावमा छलफल चलेर टुंगोमा पुग्दैन। तबसम्म उसले काम गर्न नपाउने कुरा संविधानले नै भनेको नै भनेको छ,' उनले भने।

श्रेष्ठले प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले सभामुख अग्नि सापकोटालाई आइतवार बुझाएको जबरामाथि लगाइएको महाअभियोगको छानवीनको प्रतिवेदनमा नयाँ आउने प्रतिनिधिसभाले टुंगो लगाउने व्यवस्था रहेको पनि बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell