PahiloPost

Jan 25, 2026 | १२ माघ २०८२

भक्तपुरमा १३ वर्षीय बालिकालाई जवर्जस्तीकरणी गरेको अभियोगमा एक किशोर समातिए



पहिलोपोस्ट

भक्तपुरमा १३ वर्षीय बालिकालाई जवर्जस्तीकरणी गरेको अभियोगमा एक किशोर समातिए

काठमाडौंः एक बालिकालाई जवर्जस्तीकरणी गरेको अभियोगमा भक्तपुरबाट एक किशोर पक्राउ गरेका छन्।

जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले दोलखा शैलुङ गाउँपालिका वडा नम्बर ७ घर भएका १९ वर्षीय अशोक भन्ने अनीश भुजेललाई नियन्त्रणमा लिएको हो।

उनले भक्तपुर नगरपालिका वडा नम्बर १ दुधपाटीमा रहेको एक म:म: एन्ड पिज्जा हाउसमा १३ वर्षीया बालिकालाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell