PahiloPost

Jul 4, 2024 | २१ असार २०८१

जबराले सरकारले नजरबन्दमा राखेको आरोप लगाएपछि मानवअधिकार आयोगको टोली पुग्यो बालुवाटार



पहिलोपोस्ट

जबराले सरकारले नजरबन्दमा राखेको आरोप लगाएपछि मानवअधिकार आयोगको टोली पुग्यो बालुवाटार

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई सरकारले नै घरभित्र नजरबन्दमा राखेको आरोप लगाएपछि राष्ट्रिय मानव अधिकार आयोगले चासो देखाएको छ। मानव अधिकार आयोगको टोली जबरालाई नजरबन्द बनाएको विषयमा बुझ्नको लागि अहिले बालुवाटरमा पुगेको छ।

मानव अधिकार आयोगका प्रवक्ता टिकाराम पोखरेलले घटनाको जानकारी लिन जबरा बस्दै आएको सरकारी निवास पुगेको पुष्टि गरे।

प्रतिनिधिसभाबाट आफू माथि लागेको महाअभियोग निष्क्रिय भएको अवस्थामा आफू सर्वोच्च अदालत जान खोज्दा घरभित्र नै नजरबन्द जस्तै राखेको आरोप जबराले लगाएका छन्। जबरा हाल बालुवाटारस्थित सरकारी निवासमा छन्। निवास अगाडी सुरक्षाकर्मीको बाक्लो उपस्थित रहेको छ। निवासबाट निस्किने गाडीलाई पनि प्रहरीले चेक गरेर मात्र बाहिर जान दिएको छ।

महाभियोग सिफारिस समितिको बहुमतको प्रतिवेदनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लाग्ने आधार र कारणसहितको प्रतिवेदन शनिवार बुझाएको छ। त्यसपछि शनिवार नै जबराले अदालत हाजिर हुने बताएका थिए। आइतबार बिहानैदेखि अदालत परिसरमा पनि सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखियो। त्यसो त केही अधिवक्ता र विभिन्न सङ्गठनमा आबद्ध अधिवक्ताहरू पनि विरोधको लागि तयारी अवस्था थिए। एका दुई जना जबराको स्वागतको लागि हातमा खादा बोकेर पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell