PahiloPost

May 31, 2025 | १८ जेठ २०८२

निर्माण व्यवसायीलाई पोखरा महानगरको निर्देशन : मापदण्ड अनुसार निर्माण हुने संरचनालाई मात्र सेवा दिनु



पहिलोपोस्ट

निर्माण व्यवसायीलाई पोखरा महानगरको निर्देशन : मापदण्ड अनुसार निर्माण हुने संरचनालाई मात्र सेवा दिनु

पोखरा : पोखरा महानगरपालिकाले निर्माण व्यवसायीहरुलाई मापदण्ड भित्र रहेर निर्माण हुने संरचनालाई मात्र सेवा प्रदान गर्न भनेको छ। आज पोखरा महानगरपालिकाले निर्माण व्यवसायीहरुका लागि एक सूचना जारी गर्दै पोखरा महानगर भित्र रहेर विभिन्न स्थानमा सेवा प्रदान दिने व्यवसायीहरुले निर्माण हुने संरचना वैध तथा मापदण्डभित्र भए नभएको यकिन गरेर मात्र काम गर्न निर्देशन दिएको हो।

अनधिकृत संरचना निर्माणमा व्यवसायीले सहयोग गरेको पाइएमा निर्माण हुँदा प्रयोगमा आउने सवारीसाधन तथा अन्य निर्माण साम्रागी महानगरले नियन्त्रणमा लिने चेतावनी दिइएको छ।

'पोखरा महानगरभित्रका विभिन्न स्थानमा निर्माण व्यवसायीहरुले सेवा प्रदान गर्दा निर्माण हुने संरचना वैध तथा मापदण्डभित्रको हो वा हैन यकिन गरेर मात्र सेवा प्रदान गर्नुहुन जानकारी गराइन्छ,' जारी सूचनामा भनिएको छ,'अन्यथा अन्धिकृत रुपमा मापदण्ड विपरीतको संरचना निर्माणमा सहभगि भएका र त्यस कार्यमा प्रयोग भएका सवारीसाधन लगायतका साम्रागीहरु कानुन बमोजिम नियन्त्रण लिइने जानकारी गराइन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell