PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

एलिजाबेथको राजकीय अन्त्येष्टीमा सहभागी हुन बाइडेन पुगे लन्डन, नेपालबाट परराष्ट्रमन्त्रीले प्रतिनिधित्व गर्दै



पहिलोपोस्ट

एलिजाबेथको राजकीय अन्त्येष्टीमा सहभागी हुन बाइडेन पुगे लन्डन, नेपालबाट परराष्ट्रमन्त्रीले प्रतिनिधित्व गर्दै
Photo : Reuters

अमेरिकी राष्ट्रपति जो बाइडेन बेलायत पुगेका छन्। बेलायती महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टीमा सहभागी हुन बाइडेन लन्डन पुगेका हुन्।

एलिजावेथ द्वितीयलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न विश्वभरबाट ५०० जना नेताहरु बेलायत पुग्दैछन्। जसमा धेरै देशका सरकार र राष्ट्रप्रमुख छन्। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अलबानिज र न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा अर्डेन लन्डन पुगिसकेका छन्।  नेपालबाट परराष्ट्र मन्त्री नारायण खड्का बेलायत पुगेका छन्। भारतबाट राष्ट्रपति द्रौपदी मुर्मू, श्रीलंकाबाट राष्ट्रपति रनिल विक्रमासिंघे, बंगलादेशबाट शेख हसिना पनि बेलायत पुग्ने कार्यतालिका छ।

युरोपका अन्य राजपरिवारका सदस्यहरु पनि राजकीय अन्त्येष्टी दिन लन्डन पुग्दैछन्। धेरै पाहुनाले एलिजावेथको शव राखिएको स्थान वेस्टमिनिस्टरमा पुगेर श्रद्धाञ्जली दिनेछन्। उनीहरु सबैजना राजा चार्ल्स तृतीयले बकिङघम दरबारमा आयोजना गर्ने श्रद्धाञ्जली सभामा पनि सहभागी हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell