PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

एमालेले टुंग्यायो समानुपातिक उम्मेदवारको सूची, भोलि निर्वाचन आयोगमा बुझाउने



पहिलोपोस्ट

एमालेले टुंग्यायो समानुपातिक उम्मेदवारको सूची, भोलि निर्वाचन आयोगमा बुझाउने

काठमाडौं: नेकपा (एमाले) को सचिवालयको बैठकले समानुपातिक सांसदका लागि ११० जनाको नाम टुंगो लगाएको छ। निर्वाचन आयोगमा बन्दसूची बुझाउनका लागि ११० जनाको नाम तय भएको एमालेका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

२७५ सदस्यका लागि हुने निर्वाचनका लागि १६५ जना प्रत्यक्ष निर्वाचित हुनेछन् भने ११० जना समानुपातिकबाट निर्वाचित हुनेछन्। 

सूचीमा आदिवासी जनजाति ३२ जना रहेका छन्। खस आर्यमा ३४ जना रहेको र त्यसमा महिला पुरुषको संख्या आधा-आधा रहेको उनले बताए। 

थारु ७  जनामा ४ महिला ३ पुरुष, दलित १५  जनामा ८ महिला र ७ पुरुष,  मधेशीतर्फ १७ जनामा ९ जना महिला र ८ पुरुष,
मुस्लिमतर्फ ५  जनामा ३ महिला र २ पुरुष रहेको उनले बताए। महिलाको संख्या ५७ जना रहने एमालेले बताएको छ।

सोमबार उक्त सूची निर्वाचन आयोगलाई बुझाउने तयारी छ। निर्वाचन आयोगले आइतबार र सोमबारका लागि बन्दसूचीको लागि समय तोकेको थियो। साना दलहरुले आइतबार बन्दसूची बुझाए पनि ठूला दलहरुले भने भोलिमात्रै बुझाउने तयारी गरेका हुन्। एमालेको आइतबार बसेको बैठकले समानुपातिक सांसदबारे छलफल गरे पनि टुंगो लगाउन सकेको थिएन। एमालेले प्रदेशतर्फको पनि समानुपातिक उम्मेदवारको सूची तय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell