PahiloPost

May 31, 2025 | १८ जेठ २०८२

लायन्स क्लब अफ काठमाडौं निर्वानाका पूर्व अध्यक्षहरू सम्मानित



पहिलोपोस्ट

लायन्स क्लब अफ काठमाडौं निर्वानाका पूर्व अध्यक्षहरू सम्मानित

काठमाडौं : लायन्स क्लव अफ काठमाडौं निर्वानाका पूर्व अध्यक्षहरू सम्मानित भएका छन् । 
क्लवको शनिवार सम्पन्न एक विशेष कार्यक्रममा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानका लागि उनीहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुने पूर्व अध्यक्षहरुमा आदर्शनारायण प्रधान, कुलराज थापा, ज्योतिकुमार श्रेष्ठ, रुपा न्यौपाने, अभिषेक अग्रवाल, अरुणकुमार क्षेत्री,मीननाथ न्यौपाने र हरि बहादुर खड्का क्षेत्री रहेका छन्।
कार्यक्रममा लायन्स क्लव अफ काठमाडौं निर्वानाका संस्थापक अध्यक्ष भोजराज न्यौपानेले आफ्ना पूर्व अध्यक्षहरुको सम्मान कार्यक्रमको आयोजना गरेका हुन।
कार्यक्रममा प्रमुख अतिथि फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर आर.एस.महतोले लायन्स क्लव अफ काठमाडौं निर्वानाले सामाजिक क्षेत्रमा अरुको भन्दा फरक रुपमा सेवा गरिरहेको बताए।
उक्त कार्यक्रममा क्ल्बका पूर्व अध्यक्ष तथा होलिस्टिक माइण्डसका लाइफ कोच आदर्श नारायण प्रधानले सहभागीहरुलाई ध्यान गराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell